
काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहले वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएको छ । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने भएका छन् ।
विवेकशील साझाबाट मेयरमा उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट मेयरमै उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने बताइएको छ ।
शुक्रबार सम्पन्न हुने स्थानीय तह चुनावका लागि काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।
त्यसैगरी गठबन्धनकै तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपमेयरका उम्मेदवार सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने भएका छन् ।