
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा मतदान गरेका छन् ।
अध्यक्ष प्रचण्डले आफ्नो गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका १४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
चितवन महानगरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छन् ।