
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचिनमा जित–हारलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।
आज बिहान ७ बजेदेखि सुरु भएको स्थानीतिहको निर्वाचनमा भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
राजनीतिक रुपले अप्ठ्यारो अवस्थामा आफूहरुले गठबन्धन गरेको बताउँदै प्रचण्डले भने–‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’