Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

दोलखा र बाराको मतदानस्थलमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्धारा अश्रुग्यास प्रहार



काठमाडौं । आज बिहानदेखि सुरु भएको स्थानीयतहंको निर्वाचन अधिकांश जिल्लामा शान्तिपूर्ण भएपनि केही जिल्लामा भने तनाव सिर्जना भएको छ ।

दोलखाको बैतेश्वर गाउँपालिका र बाराको देवताल गाउँपालिकाको वडा नं ७ मा मतदानका क्रममा झडप भएपछि मतदान समेत रोकिएको छ ।

बाराको देवताल गाउँपालिका ७ मा दुईपक्षबीच झडप भएपछि त्यहाँको मतदान समेत स्थथगीत गरिएको छ । झडपका क्रममा एकजनाको टाउकोमा चोट लागेको बताइएको छ । झडप भएपछि स्थिति तनावग्रस्त हुन नदिन प्रहरीले त्यहाँ अश्रुग्यास प्रयोग गरेको छ । साथै झडपका कारण मतदान रोकिएको पनि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताएका छन् ।

त्यसैगरी दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा पनि दुईपक्षबीच झडपको स्थिति आएपछि मतदान रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलका अनुसार सो पालिकाको १ र २ नम्बर वडाको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै झडपको स्थिति देखिएपछि मतदान रोकिएको उक्त मतदान केन्द्रमा केही समुहले ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्न खोजेपछि हवाई फायरसमेत गरेको डिएसपी पौडेलले जानकारी दिएका छन् । पौेडेलका अनुसार त्यहाँ सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने प्रयास भइरहेको बताइएको छ ।

हुम्लामा पनि झडप
त्यसैगरी हुम्लाको चंखेली गाउँपालिका–२ को महादेव मतदान केन्द्रमा पनि झडप भएको छ ।
त्यहाँ गठबन्धन र स्वतन्त्र पक्षबीच भएको झडपमा परी मतदान केन्द्रका मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी र एक स्थानीय महिला घाईते भएको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय