
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबी झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । गाउँपालिकाको वडा नं.२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडप भएको हो ।
झडप नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । सो मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन नसकेको हो । प्र.जि.अ. अधिकारी गौतमले नेपाल तथा सशस्त्र प्रहरीलाई तैनाथ गरिएको र नेपाली सेनाको हवाई गस्ती आइसकेकाले केही बेरमा निर्वाचन सुरु हुने जानकारी दिए ।
धनकौलमा मतदान केन्द्र राख्ने विषयमा विवाद रहेको छ । सोही विषयलाई लिएर मतदान स्थलमा असन्तुष्ट पक्षले ढुंगामुढा गरेका थिए ।
फाइल फोटो