
बझाङ । बझाङमा कार्यकर्ताबीच झडप हुँदा मतपत्र च्यातिएको छ । जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मा.वि. मतदान केन्द्रमा झडप हुँदा केहि मतपत्र च्यातिएको हो ।
मतदानस्थलमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ । सो झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ ।