
सप्तरी । सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृत कुटिएका छन् । डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केहि व्यक्तिको समुहले मतदान अधिकृतलाई कुटपिट गरेको हुन् ।
सो घटनापछि मतदान स्थगन भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिएका छन् । उनका अनुसार कुटपिटबाट घाइते भएका मतदान अधिकृत विपिन यादवलाई उपचारका लागि राजविराज पठाइएको छ ।
मतदान भइरहेको अवस्थामा केही व्यक्तिले तोडफोड गर्दै कर्मचारीमाथी कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले तोडफोडका क्रममा मतदानस्थलका कागजातहरु समेत च्यातेको जनाइएको छ । डाक्नेश्वरीमा आज मतदान हुने सम्भावना भने कम रहेको निर्वाचन अधिकृत मगरले बताएका छन् ।