
काठमाडौं । हुम्लामा मतदाताले मतदाता परिचय पत्र च्यात्न खोजेपछि विवाद भएको छ । गुठिचौर गाउँपालिका -३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा मतदाताले मतदाता परिचय पत्र च्यात्न खोजेपछि विवाद भएको हो ।
मतदान केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट समेत लागेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाइका अनुसार निर्वाचन अधिकृत मतदान स्थलमा पुगेपछि सर्वदलीय छलफल पश्चात पुनः मतदान कार्य सुरु हुनेछ ।