
सप्तरी । सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृत कुटिए पछि मतदान स्थगित भएको छ । मतदान स्थगित भएको सो ठाउँमा आगामी जेठ १ गते निर्वाचन हुने भएको हो । डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केहि व्यक्तिको समुहले मतदान अधिकृतलाई कुटपिट गरेका थिए ।
सो घटनापछि मतदान स्थगन भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिएका छन् । उनका अनुसार कुटपिटबाट घाइते भएका मतदान अधिकृत विपिन यादवलाई उपचारका लागि राजविराज पठाइएको छ ।
मतदान भइरहेको अवस्थामा केही व्यक्तिले तोडफोड गर्दै कर्मचारीमाथी कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले तोडफोडका क्रममा मतदानस्थलका कागजातहरु समेत च्यातेको जनाइएको छ ।