
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार चढेको गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमका बाँफिकोट गाउँपलिका वडा नं. ७ का ७० वर्षी प्रवीण खत्री रहेका छन् ।
खत्रीलाई बाँफिकोट गाउँपालिका वडा नं. ७मा लु ३ च ३३६ नम्बरको गाडीले ठक्कर दिएको हो । सो गाडीमा उम्मेदवार जनक कुमार वाँठा मगर सवार रहेको कणाली प्रदेश कार्यालयका एसएसपी राजेश बास्तोलाले पुष्टि गरेका छन् ।
मृतक खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने वाँठा मतदान केन्द्र अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको बताइएको छ । गाडी चालक देवराज शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।