
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीयतहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
यसअघि नेकपा एमाले र नेपाली कांग्रेसले मनाङ र नुवाकोटबाट जितको खाता खोलेका थिए भने माओवादी केन्द्रले रुकुमबाट जितको सुरुवात गरेको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।
नेकपा माओवादी केन्द्रका टेकबहादुर पुनले ५६१ मत ल्याएर वडा अध्यक्षमा विजयी हुँदा नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरेर पछि परेका थिए ।
त्यसैगरी पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकै विर्खबहादुर विष्टले ५४७ मत सहित अगाडि रहेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २८० मत ल्याएर पछ्याएका छन् ।
त्यस्तैउपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनले अग्रता लिएकी छन् ।