Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

मतपत्रमा हस्ताक्षर नभेटिएपछि मतगणना स्थगित



ललितपुर । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ । एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ ।

उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिइन्। केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उनको भनाइ थियो ।

उक्त गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० (७७ दशमलव ९६ प्रतिशत) मत खसेको थियो । राति अबेर मतपत्र आएपछि गणना सुरु भएको थियो । हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय