
काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस विपीका उम्मेदवार विजयी भएका छन् ।डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसलाई हराउँदै कांग्रेस विपीका नरेश भण्डारी वडा अध्यक्षमा विजयी भएका हुन् ।
भण्डारीले कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले भन्दा १२९ मत बढी अर्थात् ६७३ मत ल्याएका थिए । भण्डारी करुवा चुनाव चिन्हबाट निर्वाचनमा लडेका थिए ।
डडेलधुरामा कांग्रेस पूर्वसभापतिसमेत रहेका नेता कर्णबहादुर मल्लले कांग्रेसबाट विद्रोह गरि कांग्रेस विपी बनाएका हुन् । कांग्रेस विपीले डडेलधुराका सबैजसो पालिकामा उम्मेदवारी दिएको छ । कांग्रेस विपीले एमालेसँग चुनावी तालमेल गरेको छ ।