Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

डाक्नेश्वरी २ मा पुनःमतदान



सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

अपाङ्गता भएको महिलाले रुचाएको चिह्नमा छाप लगाउन अह्राएकोभन्दा यादवले फरक चिह्नमा छाप लगाएको आरोपमा आक्रोशित समूहले उनीलाई कुटपिट गरी मतपेटिका तोडफोड गरेपछि सर्वदलीय वैठकले मतदान स्थगित गरेको थियो । सोही बैठकको निर्णयअनुसार आज मतदान भइरहेको हो ।

घटनापछि डाक्नेश्वरी–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटै मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो । डाक्नेश्वरी नगरमा १० वडा छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा