back

भिक्टोरिया क्रस विजेता स्व पुनको स्मृतिमा सङग्रहालय बन्ने

वि.सं.२०७३ चैत ७ सोमवार

1K 

shares

७ चैत, बेनी (म्याग्दी)। बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी स्व तुलबहादुर पुनको सम्झनामा जन्मगाउँ म्याग्दीको बेगखोलास्थित तिप्लाङमा सङग्रहालय बन्ने भएको छ ।

गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनको जीवनी, युद्धका अनुभव, साम्रगी, पदक, पोसाकसहित पुनका बाल्यकालदेखिका अति महत्वपूर्ण दस्तावेजलाई सङग्रहालयमा राखिने उनका जेठा छोरा अर्जुन तिलिजा पुनले बताउनुभयो ।

स्थानीयवासीले गाउँमा विकासको रेखा कोर्ने स्व पुनको स्मृतिमा सङग्रहालयको आवश्यकता रहेको बताएपछि पुन परिवारले कालिका आधारभूत विद्यालय नजिक रहेको करिब एक रोपनी जग्गा रु १५ लाख ५० हजारमा खरिद गरेर विद्यालयको नाममा हस्तान्तरण गरेका छन् ।

सोही जग्गामा सङग्रहालय बन्न लागेको हो । सङग्रहालय निर्माणमा पुनका परिवार, आफन्त र शुभचिन्तकबाट समेत सहयोगको प्रतिबद्धता जनाइएको छ । करिब रु ४० देखि ६० लाखको निर्माण लागत अनुमान गरिएको तिलिजा पुनले बताउनु भयो ।

बेलायती सेनाबाट अवकाश लिएपछि तत्कालीन समयमा ब्रिटिस सरकारको कर्मचारी र राजनीतिक कार्यकर्ताका रुपमा समेत काम गरेका भिसी पुनलाई उत्तरी क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य, विकास निर्माण, खानेपानीसहित विभिन्न आवश्यकतालाई पूरा गर्न बेलायत सरकार, आफ्नै कम्पनी र व्यक्तिगत रुपमा समेत लाखौँ सहयोग प्राप्त भएको थियो ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत सो सङग्रहालय पर्ने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकले भिसीको सामाजिक योगदानलाई बुझ्ने र हेर्न मिल्ने भन्दै स्थानीयवासीसमेत उत्साहित भएका छन् ।

वि.सं.२०७३ चैत ७ सोमवार ०३:३३ मा प्रकाशित

Himalayan Life AD
जेन–जी आन्दोलनका सहिद स् जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

जेन–जी आन्दोलनका सहिद स् जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

वीरगञ्ज (पर्सा) । जेन–जी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब...

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...