Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो व्यवसायिक उडान, जजिरा एयरको जहाज अवतरण



काठमाडौं । बहुप्रतिक्षीत भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक तथा व्यवसायिक उडान सुरु भएको छ ।

आज बिहान नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतको जजिरा एयरवेजको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

नेपाल वायु सेवा निगमको जहाज आज बिहान ६ बजेर ५५ मिनेट र जजिराको जहाज ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।

जजिरा र निगमको जहाज औपचारिक रुपमा विमानस्थलमा उत्रिएपछि नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलमा आजबाट व्यवसायिक उडान सुरु भएको छ ।

जजिराले सातामा तीन दिन (आइतबार, मङ्गलबार र बिहीबार) कुवेतबाट उडान भर्नेछ भने सोमबार, बुधबार र सोमबार यात्रु लिएर फर्किनेछ ।

जजिरा एयरवेजद्धारा नेपालमा सन्चालित यो सेवा दोस्रो भएको नेपाली दूतावास कुवेतले जनाएको छ । उक्त कम्पनीले यसअघि सन् २०१९ को नोभेम्बरदेखि कुवेत सिटी र काठमाडौंबीच प्रत्यक्ष सेवा दिँदै आएको छ ।

यसको सुरुवातसँगै मध्यपूर्वमा बसोबास गर्ने नेपालीहरुको ठूलो समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवा मार्फत् जोड्न सकिने र बैदेशिक रोजगारी तथा अन्य प्रयोजनले खाडी मुलुक प्रवेश गर्ने नेपालीहरुका लागि सहज र सुविधाजन हवाई यात्रा हुने विश्वास लिएको दूतावासले जनाएको छ । साथै यसले लुम्बिनी भ्रमण गर्न चाहाने तीर्थयात्री र पर्यटकहरुका लागि समेत सहज हुने पनि दूतावासले जनाएको छ ।

file photo

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा