
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १मा सामान्य बदली रही मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुका साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राती प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानहरुका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।