
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर खड्का विजयी भएका हुन् ।
अध्यक्ष पदमा लावतीले नेकपा (एमाले)का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्का एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गरेका हुन् । निर्वाचनको विस्तृत मतपरिणाम आउन बाँकी छ ।
कुम्मायकको वडा नं १ मा जसपा र वडा नं २ मा नेकपा (एकीकृत समाजवादी)ले वडाध्यक्ष जितेका छन् । बाँकी तीन वडामा एमालेले वडाध्यक्षसहित प्यानलमै विजय हाँसिल गरेको छ ।