
काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका -११मा नेकपा (एकीकृत समाजवादी)की कुञ्ज कुमाइ विजयी भएकी छन् । कुमाइ १२९ मत ल्याएर विजयी भएकी हुन् ।
कुमाइका प्रतिद्वन्द्वी नेकपा एमालेका तेज बहादुर बुढाले १२४ मत प्राप्त गरेका छन् । जम्मा ५ मतको अन्तरले कुमाले विजय हासिल गरेकी हुन् ।
४५ वडा रहेको मुगु जिल्लामा कुमाइ जिल्लाकै पहिलो निर्वाचित महिला वडा अध्यक्ष बनेकी छन् ।