Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

बलिया दललाई स्वतन्त्रको चुनौति : काठमाडौंसँगै जनकपुर र धनगढीमा पनि स्वतन्त्र अगाडि



काठमाडौं । केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा मेयरको लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणना चलिरहँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अनौठो अग्रता जमाएका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका बालेनले पछिल्लो मतगणनासम्म आउँदा प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तर कायम राखेका छन् ।

काठमाडौंमा ठूलो मानिएको दल नेकपा (एमाले) र पाँच दलीय सत्ता गठबन्धन बालेनको अगाडि फिका देखिएको छ । एमाले र पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकाको मत जोड्दा पनि हालसम्म बालेनको मत बढी देखिन्छ ।

अहिलेसम्म मतगणना भएका महानगरका सबै वडामा बालेनको अग्रता छ । साथै उनले मतान्तर पनि क्रमशः बढाइरहेका छन् । यदि हालकै अवस्था कायम रहेमा काठमाडौंमा बालेनको विजय सम्भव देखिन्छ ।

यता, मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले पनि अनौठा अग्रता जमाएका छन् । उनको अगाडि पाँच दलीय गठबन्धनले अगाडि सारेका जसपाका लालकिशोर साह नगण्य अवस्थामा छन् ।

मतगणनाको सुरुवाती रुझानले जनकपुरमा स्वतन्त्र उम्मेदवार साह र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर, साह र एमाले उम्मेदवारबीच दोब्बर बढी मतान्तर छ ।

यता, सुदूरपश्चिमको राजधानी रहेको धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । उनले सुरुवातदेखि नै प्रतिस्पर्धीसँग दोब्बर बढी मतान्तर बनाएका छन् ।

मतगणनाको सुरुवातदेखि नै धनगढीमा स्वतन्त्र उम्मेदवार र पाँच दलीय गठबन्धनका साझा उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । यति हालकै मतान्तर कायम राख्न सकेमा स्वतन्त्र उम्मेदवार हमाल विजयी हुने सम्भावना देखिन्छ । धनगढीमा उपमेयरमा पनि स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी बलियो मतसहित प्रतिस्पर्धामा देखिएका छन् ।

अन्य क्षेत्रमा पनि स्वतन्त्र बलियो प्रतिस्पर्धी

नाम धेरै चर्चामा नआएको भए पनि धरान उपमहानरको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज राई बलियो प्रतिस्पर्धीको रुपमा उभिएका छन् । सुरुवाती मतगणना पछाडि परेको भएपनि उनले मत बढाउँदै लगेको देखिन्छ ।

भरतपुर महानगरमा पनि कांग्रेसको कारबाहीमा पनि स्वतन्त्र उम्मेद वारी दिएका जगन्नाथ पौडेल पनि बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन् । सुरुवाती मतगणनामा उनी तेस्रो प्रतिस्पर्धीका रुपमा उभिएका छन् ।

विराटनगरमा पनि स्वतन्त्र उम्मेदवार उमेशकुमार यादव बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन् । उनी तेस्रो प्रतिस्पर्धीका रुपमा उभिएका छन् ।

पोखरामा भने स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलको अवस्था त्यति बलियो छैन । उनी अन्य उम्मेदवारभन्दा धेरै पछि परेका छन् ।

सम्बन्धित समाचार

केन्द्रीय राजधानीसहित दुई प्रदेश राजधानीमा स्वतन्त्रको दबदबा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा