Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

श्रीलंकामा भिषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित



काठमाडौँ । श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भिषण बाढी आएको छ । सो बाढीका कारण यहाँ पहिरो पनि गएको बताइएको छ । राजधानी कोलम्बोाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् । सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्याएको छ । सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ । एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा