
३ जेठ, काठमाडौँ । पंजाब किंग्सलाई १७ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपिएल अकं तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्ली क्यापिटल्सका लागि ब्याटिङ्गमा मिचल मार्शले सर्वाधिक ६३ रनको पारी खेलेका थिए भने पंजाबका लागि बलिङ्गमा लियाम लिभिङस्टोन र अर्शदीप सिंहले सर्वाधिक ३ ३ विकेट हात पारेका थिए ।
दिल्लीले दिएको १६० रनको लक्ष्य पंजाबले पुरै २० ओभर खेल्दा पनि ब्याटिङ्ग गर्न सकेन । पंजाबको टिमले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । पंजाबका लागि ब्याटिङ्गमा जितेश शर्माले सर्वाधिक ४४ रनको पारी खेलेका थिए भने दिल्लीका लागि बलिङ्गमा शादुर्ल ठाकुरले सर्वाधिक ४ विकेट हात पारेका थिए ।