काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतले ५ हजार ५९९ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत प्राप्त गरेका छन् । रावतले शाहीलाई एक हजार ९७३ मतले जितेका हुन् ।
यसैगरी, उपमेयरमा नेपाली कांग्रेसकी सुरिता सिंह विजयी भएकी छन् । सिंहले ५ हजार ४०६ मत प्राप्त गरी विजयी भएकी हुन् ।
सिंहकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सुनिता बोहराले ३ हजार ३९३ मत प्राप्त गरेकी छन् । सिंहले बोहरालाई २ हजार १३ मतले जितेकी हुन् ।
यस नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल रहेको थियो ।