Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

राजमल्ल र यामकुमारीहरुसँग यस्तो अपेक्षा छ है !



नीलकण्ठ तिवारी

 

गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ उपाध्यक्ष यामकुमारी राना, वडा न १ अध्यक्ष मीन प्रसाद न्यौपाने, वडा न २ नर भुपाल काफ्ले, वडा न ३ चन्द्र बहादुर थापा, वडा न ४ टुकलाल न्यौपाने, वडा न ५, निर्भीक नारायण भुर्तेल, वडा न ६ गंगा अधिकारी, वडा न ७ तोयनाथ शर्मा भुषाल तथा ओम प्रकाश भुर्तेल, गिरी प्रसाद काफले, हरिप्रसाद पंगेनी, देवी सापकोटा तिवारी लगायत ३७ जना सबै बिजेताहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

साथै शसक्त मत सहित आकर्षक जनसमर्थन पाएका महेन्द्र कुमार श्रेष्ठ, जानकी प्रधान, उमाकान्त भुर्तेल, दिलीप सेन, तेजबहादुर राना लगायत पचासौं प्रत्यासी र सहभागीहरु, निर्वाचन सम्पन्न गराउन प्रमुख भूमिका खेल्ने निर्वाचन अधिकृत भूमि प्रसाद शर्मा, मतदान अधिकृत र सहायक तथा सहयोगीहरु, प्रशासन तथा सेना, जनपद र शसस्त्रबाट खटिएका सुरक्षाकर्मीहरु, पर्यवेक्षक, पत्रकार र आम मतदाता तथा राजनैतिक दलका अग्रज नेतृत्वहरु सबैमा एकमुष्ट अभिवादन ।
वर्तमान व्यवस्था र निर्वाचन प्रणालीमा रहेका कैयौं खोटका बावजुद् लोकतन्त्रको संस्थागत बिकासमा यतिबेला निर्वाचनको परीणाम प्रमुख मान्नै पर्ने भएको छ । निर्वाचनका क्रममा केहि अनपेक्षित घटनाक्रम देखापरे पनि सिकाईको क्रमका रुपमा बुझेर हामीले आफूलाई झनै बढि परिस्कृत गराउने अवसर पनि पाएका छौं ।

हामी सबै चुनावी प्रक्रियामा सामेल हुनु, राजनैतिक दल वा स्वतन्त्र हैसियत मार्फत मत माग्नु र निर्वाचनमा हैसियत प्राप्त गर्नुको खास अर्थ राजनीतिलाई सेवासँग जोडनु नै भएकोले सबैलाई समेटने उच्च राजनैतिक संस्कारको नमुना पैयुँबाट संप्रेषण हुने अपेक्षा गरीएको छ । गणतन्त्रका लागि ज्यानको आहुती दिने महान शहिद कृष्ण गौतमहरु लगायतको योगदानलाई सम्झदै संघीयताको एजेण्डा र स्थानीय तहको आफनो पद र प्राप्त कुर्सीको ओज तथा गरीमा बचाउन सबै संवेदनशिल बन्ने आशा झनै बढि स्वभाविक बनेको छ ।

आ-आफना तहका प्रतिस्पर्धिलाई चुनावी सहयात्री ठानेर सम्मान गर्ने र आत्मनिर्भर पैयु निर्माणका निर्णय प्रक्रियामा सामेल गराउने सभ्यताले मात्र वर्तमान गणतन्त्रलाई जनपक्षिय बनाउन सक्ने कुरामा बिजेताहरुबाट ख्याल हुनेछ भन्ने अपेक्षा गरीएको छ । निर्वाचनका बेला भएका प्रतिस्पर्धात्मक गतिविधिलाई तत्कालीन सन्दर्भका रुपमा मात्र लिएर दलभित्रको समस्या, दलहरुबिच र सबै उम्मेदवारहरुका बिचमा उच्च समझदारी कायम हुनेछ भन्ने अपेक्षा पनि रहेको छ । यसबिच कहिलेकाहिँ देखापरेका अहंकार, दंभ र उत्तेजनालाई नियन्त्रण गरी पैयुँको आवश्यकताको सापेक्षतामा हामी सबैबाट आफनो अब्बलता संप्रेषण गर्न जरुरी भएको छ ।

जनताले आवश्यकता अनुसार दलहरुको आकार तोक्ने गरेका बिषयलाई हामी सबैले गंभिरतापुर्वक मनन गर्न जरुरी छ । हामी सबै चुनावी प्रक्रियामा सामेल हुनु, राजनैतिक दल वा स्वतन्त्र हैसियत मार्फत मत माग्नु र निर्वाचनमा हैसियत प्राप्त गर्नुको खास अर्थ राजनीतिलाई सेवासँग जोडनु नै भएकोले सबैलाई समेटने उच्च राजनैतिक संस्कारको नमुना पैयुँबाट संप्रेषण हुने अपेक्षा गरीएको छ । गणतन्त्रका लागि ज्यानको आहुती दिने महान शहिद कृष्ण गौतमहरु लगायतको योगदानलाई सम्झदै संघीयताको एजेण्डा र स्थानीय तहको आफनो पद र प्राप्त कुर्सीको ओज तथा गरीमा बचाउन सबै संवेदनशिल बन्ने आशा झनै बढि स्वभाविक बनेको छ ।

आत्मनिर्भर र स्वरोजगार सम्पन्न पैयु बनाउन, पालिका र आम जनताको साझा सहकारीमार्फत खेतका गरा, बारीका पाटा र कान्ला, खरवारी र भीर समेतको उपयोगको नीति बनाउन अहिले निर्वाचित टिमले हामी सबैसँग समन्वय र सहयोगको नीति बनाउने अपेक्षा छ ।

विकासका अवरोध र समस्याहरुको अनुभव बिगत ५ बर्षमा पाइसकेकाले अघिल्लो कार्यकालमा भएका राम्रा कार्यको मात्र अनुसरण गर्दै बिकासको पांग्रालाई गतिमा लैजान जरुरी छ । प्राप्त राजनैतिक उपलब्धिको अग्रगमनकारी विकास, श्रोतको अधिकतम प्रयोगबाट स्वाधिन अर्थतन्त्रको जग निर्माण, उच्च राजनैतिक संस्कृति र सभ्यतामा आधारीत नीतिगत प्रबन्ध र सुधार, सिंचाई, खानेपानी, सडक लगायतका भौतिक पुर्वाधारको बिकास, सुचना प्रबिधिमैत्री सेवा र शुसासन, कृषि क्षेत्रमा ब्यबसायीकरण र औद्योगीकरण, प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्तिका लागि उत्पादनमुखि शिक्षानीतिको निर्माण, स्वास्थ क्षेत्रमा सुलभ र सहज पहुँच, रोजगार र स्वरोजगारमा बिशेष ध्यान, जनमुखी राहत कार्यक्रम, भुगोल र आवश्यकता सापेक्ष सामाजिक सुरक्षा, सबै जाती, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा संबर्धन सहितको अपनत्व लगायतका बिषयमा हाम्रा प्रयासहरु मुखरीत हुन जरुरी छ ।

यसैगरी जल, जमिन, जंगल, जडिबुटी, जलवायु, जनावर, जनशक्ति र जराजुरी (अष्ट ज) को पहिचान र ब्यबसायिक प्रयोग मार्फत आत्मनिर्भर र स्वरोजगार सम्पन्न पैयु बनाउन, पालिका र आम जनताको साझा सहकारीमार्फत खेतका गरा, बारीका पाटा र कान्ला, खरवारी र भीर समेतको उपयोगको नीति बनाउन अहिले निर्वाचित टिमले हामी सबैसँग समन्वय र सहयोगको नीति बनाउने अपेक्षा छ । बाइस बर्ष अगाडीको हातेमालो अभियानका अभिभावकहरु, योजनाकारहरु र सहभागीहरु जीवितै रहेको पैयँुले समयको सापेक्षतामा नयाँ र उच्च हातेमालो खोजेको कुरालाई गम्भिरताका साथ हृदयंगम गर्न जरुरी छ । चाहे पैयुँमै रहेका पैयुवासी तथा स्वदेशका अन्य भागमा रहेका पैयुवासी हौं वा काम बिशेषले बिभिन्न देशमा पुगेका पैयुवासी हौ, पैयुको सम्भावित महायज्ञ (विकास र समृद्धिको फड्को) मा नयाँ र उच्च हातेमालो गर्न आतुर छौं भन्ने प्रतिबद्धतासहितको हार्दिक शुभकामनाका साथै यो आत्मीय अपेक्षा सार्वजनिक गरिएको छ ।

(लेखक तिवारी हातेमालो अभियान २०५७ का संयोजक हुन्)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा