Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

दिक्तेल रुपाकोट मझुवागढीको मेयरमा कांग्रेसका भट्टराई र उपमेयरमा माओवादी केन्द्रका राई विजयी



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार तिर्थराज भट्टराई विजयी भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका भट्टराईले ११ हजार ३८९ मत ल्यायर मेयरमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी कुमार आचार्यले ६ हजार ९९६ मत पाएका थिए ।

त्यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बिसन राईले १० हजार ४३८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिश्प्रधी एमालेकी विणादेबी राईले ७ हजार ३१९ मत प्राप्त गरेकी थिइन् । उक्त नगरपालिकाको १५ वडा मध्ये माओवादी केन्द्रबाट ६, कांग्रेसबाट ४, एमालेबाट ३ र जसपाबाट २ जना वडाध्यक्ष निर्वाचित भएको पनि निर्वाचन कार्यालयले जनाएको छ ।

जसमा माओबादी केन्द्रबाट वडा न २ मा ध्रुबबिक्रम राई, ४ मा खगेन्द्र राई, ६ मा माधब राई, ११ मा इख बहादुर राई, १२ मा दान बहादुर राई, १३ मा भगेश्वर राई र वडा न ९ को अध्यक्षमा दिनेश कठेत निर्वाचित भएका छन् ।

त्यसैगरी कांग्रेसबाट वडा नं १ मा नवराज राई, वडा न ५ लफ्याङमा दिनेश घिमिरे, वडा न ७ मा हरि चौलगाईँ, वडा न १५ बिजयखर्कमा रामबहादुर कट्वाल निर्वाचित भएका छन् ।

त्यस्तै नेकपा एमालेबाट वडा न ३ मा महेन्द्र राई, वडा न ८ दमा लिला चौहान, वडा न १४ मा दिनेश राई विजयी भएका छन् भने वडा न १० मा जनता समाजवादी पार्टीका मुगाधन राई विजयी भएका छन् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा