
४ जेठ, काठमाडौँ । मुम्बई इन्डियन्स विरुद्धको खेलमा सनराइजर्स हैदरावाद ३ रनले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रनको पारी खेलेका थिए भने मुम्बईका लागि बलिङ्गमा रमनदिप सिंहले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
१९४ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४८ रनको पारी खेलेका थिए । त्यसैगरी टिम डेविडले १८ बलमा ४६ रनको विस्फोटक पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । हैदरावादका लागि बलिङ्गमा उमरन मलिकले ३ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका थिए ।
जितसँगै सनराइजर्स हैदरावाद अकं तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।