
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार रहेका विष्टले ९ हजार ७१९ मत ल्याएर मेयर पदमा निर्वाचित भएका छन् । विष्टका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अचुतमप्रसाद ढकालले ७ हजार ७७१ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली ८ हजार ६०७ मत ल्याएर विजयी भएका छन् । गोपालीका प्रतिद्धन्द्धी नेकपा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी सो नगरपालिकको वडा नं १, २, ३ र ४ मा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् । जसमा वडा नं १ मा हेरमान गोपाली, २ मा बम बहादुर सिङतान, ३ को अध्यक्षमा हिरेन्द्रकुमार रायमाझी, वडा नम्बर ४ को अध्यक्षमा नारायण लामा र वडा नं ९ को अध्यक्षमा राजकुमार बलामी निर्वाचित भएका छन् ।
त्यस्तै कांग्रेसबाट वडा नं ६ को अध्यक्षमा राजेन्द्रभक्त श्रेष्ठ, वडा नम्बर ७ मा शिवराज थिङ, वडा नम्बर ११ मा निदेश बल र वडा नम्बर १२ को अध्यक्षमा टिकाराम स्याङ्तान विजयी भएका छन् ।
त्यसैगरी नगरपालिकाको ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जसमा वडा नं ५ मा विष्णुबहादुर गुरुङ, वडा नम्बर ८ मा हेमकुमार थिङ र वडा नम्बर १० को अध्यक्षमा हिराबहादुर गमाल विजयी भएका हुन् ।