
सेसेल्स । नेपालीहरु जहाँ जान्छन् केही न केही राम्रो काम गरेर राष्ट्र चिनाउने प्रयत्न गरिरहेकै हुन्छन् । सिसेल्समा यस्तै उदाहरणीय बनेका छन् दीपक विश्वकर्मा ।
सेसेल्सको प्रालिन आइल्याण्डस्थित प्रतिष्ठित पाँचतारे रिसोर्ट होटेल कन्स्ट्यान्स लेमुरियामा बार सुपरभाइजरको रुपमा कार्यरत नेपाली युवा दीपक विश्वकर्माले ‘गोर्खा सावर र नङ्गा पर्वत’ नामक दुई नेपाली ककटेलको परिचय मात्र गराएनन् प्रतियोगी मध्य दोश्रो स्थान नै हासिल गरे ।
डिएगो बार एकेडेमीले आयोजना गरेको “बेस्ट बारटेन्डर अफ सेसेल्स“ प्रतियोगितामा १३ प्रतियोगीहरुले भाग लिएका थिए । जसमा नेपाली ककटेल शिल्पी दीपक उपविजेता बने । बिदेशी आयोजक, प्रतियोगी र पर्यटकहरुलाई नेपाली ब्राण्डको ककटेल चखाएर दीपकले नेपाल र नेपालीको हस्पिटालिटी क्षेत्रमा पहिचान दिलाएका छन् ।
सन् २०१७ देखि सिसेल्समा कार्यरत विश्वकर्मा भन्छन्– ‘मैले क्लासिक व्हिस्की सावर र गिमलेट मिलाएर दुई नेपाली ककटेल बनाएको हूँ ।’
विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीको लागि गएका नेपालीहरुले आफ्नो सीप,क्षमता र परिश्रमले मुलुक चिनाईरहेका छन् । सरकारले आफ्ना दक्ष जनशक्तिलाई स्वदेशमै उचित काम दिलाउन सके देश निर्माणमा ठुलो टेवा मिल्ने विश्वास दीपकले राखेका छन् ।