Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

कटहरीका अध्यक्षमा कांग्रेस निर्वाचित



विराटनगर । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरीले छ हजार ५८५ मत प्राप्त गरी विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुभाषकुमार सरदारले पाँच हजार ८८२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेका सीतादेवी राजवंशीले पाँच हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्जिताकुमारी सरदारले पाँच हजार ७०५ मत प्राप्त गरेकी थिइन् । अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का किशोरकुमार पाण्डेले तीन हजार ५३७ र उपाध्यक्षमा सोही पार्टीका पुजनदेवी सरदारले तीन हजार ६६६ मत प्राप्त गरेका थिए ।

यसैगरी वडा नं १ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशीले ९६०, वडा नं २ मा सोही पार्टीका सुरेन्द्रप्रसाद राजवंशीले ९६० मत, वडा नं ३ मा कांग्रेसका जदुलाल कामतले ९५६ मत, वडा नं ४ मा जनता समाजवादी पार्टी, नेपालका जीवनेश्वर यादवले ९८३ मत, वडा नं ५ मा एमालेका सम्पतलाल सरदारले ७२४ मत, वडा नं ६ मा एमालेका विसो सरदारले ९४६ मत र वडा नं ७ मा एमालेका मनोजकुमार माझीले ८७९मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा