
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार कठायतले २ हजार ४०३ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३२२ मत प्राप्त गरेका छन् । कठायतले नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेका थिए ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । रामदेवीले २ हजार ८०८ मत प्राप्त गरेकी हुन् । उनका प्रतिद्वन्द्वी समाजवादीका भिमबहादुर थापाले एक हजार ६७६ मत प्राप्त गरेका छन् ।