Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

“एक्लै जित्छु” भन्ने प्रकाण्डको साख जोगिएन कालिकोटमा



काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट पुरै विप्लवमय छ । उनले आफ्नो गृहजिल्लामा “सबै दल मिलेर आएपनि एक्लै हराइदिने” बताएका थिए ।

तर, यसपटकको स्थानीय तहको निर्वाचनमा भने कालिकोटमा प्रकाण्डको शाख गुमेको छ । उनी नेतृत्वको समूह आफ्नै वडामा समेत नराम्रोसँग पराजित भएको छ । प्रकाण्डको वडा (नरहरिनाथ गाउँपालिका–६)मा माओवादी केन्द्रका पौरम विक विजयी भएका छन् । विकले विप्लव समूहबाट वडा अध्यक्षमा उठेका कट विक ‘अखडा’लाई ११५ मतले हराएका छन् ।

नरहरिनाथ गाउँपालिकामा भने कांग्रेसका नगेन्द्रबहादुर विष्ट विजयी भएका छन् । विष्टले विप्लव समूहको तर्फबाट मेयरमा उम्मेदवार बनेका एटम विसीलाई १६ सय बढी मतले हराएका छन् ।

पालिकाको उपाध्यक्षमा पनि विप्लव समूह नराम्रोसँग पराजित भएको छ । विप्लव समूहले नरहरिनाथका सबै वडामा उम्मेदवारी दिएको भएपनि कुनै पनि वडाको नेतृत्व जित्न सकेन ।

कालिकोटमा विप्लवका सबै उम्मेदवार पराजित

९ पालिका रहेको कालिकोटमा विप्लव समूहले सबै पालिकामा उम्मेदवारी दिएको थियो । तर, विप्लव समूह सबै पालिकामा गतिलो प्रतिस्पर्धीको रुपमा समेत देखिएन ।

बुधबार अपरान्ह ४ बजेसम्म ९ मध्ये ६ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । बाँकी ३ पालिकामा मतगणना जारी छ ।

मतगणना सम्पन्न भइसकेको ६ पालिकामध्ये २ मा माओवादी केन्द्र, २ मा कांग्रेस र २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतगणना जारी रहेको ३ पालिकामध्ये २ मा माओवादी केन्द्र र १ पालिकामा कांग्रेस अगाडि छ । मतगणनाको पछिल्लो अवस्थालाई हेर्दा अग्रता लिने दलहरुले जित्ने अवस्था देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा