Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सुस्ता गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी



परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय ६ हजार २७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेले ५ हजार ९९८ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता चौधरी विजयी विजयी भएकी छन् । गीता ६ हजार ६०५ मत प्राप्त गरी विजयी बनेकी हुन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उपध्यक्षकी उम्मेदवार इन्द्रकुमारी थरुनीले ५ हजार ९८४ मत प्राप्त गरेकी छन् ।

५ वडा रहेको यस गाउँपालिकामा तीनमा कांग्रेस र दुईमा एमाले विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं. १, ४ र ५ मा कांग्रेस तथा वडा नं २ र ३ मा एमाले विजयी भएको छ । तेइस हजार ९५९ मतदाता रहेको यस गाउँपालिकामा १८ हजार ७५४ मत खसेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा