Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज सम्पन्न मतगणनाको नतिजानुसार अध्यक्षमा भारतकुमार पुन विजयी भएका छन् । पुनले ४ हजार ५८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका पतिस्पर्धी कांग्रेसका बलबहादुर तिलिजाले ३ हजार ३१६ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा एमालेकै दिवाकुमारी तिलिजा पुनः निर्वाचित भएकी छन् । दिवाकुमारीले ४ हजार १५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी ललिता तिलिजाले ३ हजार ३५८ मत प्राप्त गरेकी छन् ।

१२ हजार २६ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । निर्वाचित हुने ४२ पदका लागि ९८ उम्मेदवार चुनावी मैदानमा थिए । आठ वडा रहेको अन्नपूर्णमा एमालेले पाँच र कांग्रेसले तीन वडा अध्यक्ष जितेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा