Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक



खलङ्गा । जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस विजयी भएको छ । यस्तै तिला र सिंजा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत महेश न्यौपानेले जानकारी दिए । जिल्लाको एकमात्र एक नगरपालिका चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले विजयी हासिल गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसले हिमा, कनकासुन्दरी र चन्दननाथ नगरपालिकामा उपप्रमुखमा जीत हासिल गरेको छ । एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । निर्वाचनमा जिल्लामा एमालेले कुनै पनि स्थानमा विजयी हासिल गर्न सकेनन् । सो पार्टीले २०७४ को स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्षमा जितेको थियो । माओवादीले २०७४ मा तातोपानी, हिमा र गुठीचौरमा जितेको थियो । अहिले गुमाएको छ । कांग्रेसले चन्दननाथ नगरपालिका २०७४ मा जितेको थियोे अहिले स्वतन्त्र उम्मेदवारले नगरपालिकामा जितेका छन् । जिल्लामा कांग्रेसले पाँचस्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा