Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

५६७ पालिकाको नतिजा आउँदा कुन दलको अवस्था कस्तो ?



काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभरका विभिन्न ५६७ पालिकामा मतगणना सम्पन्न भएका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये सबैभन्दा बढी पालिका जितेर नेपाली कांग्रेसले पहिलो दल बनेको छ । बिहीबार मध्यान्हसम्मको परिणामलाई हेर्दा कांग्रेसले देशभर २५२ पालिका जितेको छ । २५२ पालिकाको जितेको कांग्रेसले ६९ पालिकामा अग्रता कायमै राखिरहेको छ ।

कांग्रेसले २ महानगर ललितपुर र बिराटनगरसहित ४ उपमहानगरमा अग्रता लिइरहेको छ । महानगर र उपमहानगरमा गठबन्धन गरेको भएपनि काठमाडौं महानगरमा कांग्रेस धेरै पछाडि परेको छ, यता धरान, धनगढी र कलैयामा कांग्रेस पछि परेको छ ।

हालसम्मको परिणामअनुसार कांग्रेसले उपप्रमुखमा पनि सबैभन्दा धेरै जितेको छ । कांग्रेसले हालसम्म २३४ उपप्रमुख जितेको छ भने ६४ पालिकामा उपप्रमुख अग्रता लिइरहेको छ ।

यता, ०७४ मा भएको स्थानीय तहको निर्वाचन सबैभन्दा धेरै पालिका जितेको नेकपा (एमाले) भने अहिले केही खुम्चिएको छ । पार्टी विभाजन र गठबन्धनका कारण यसअघि जितेका धेरै पालिका एमालेले गुमाएको छ । हालसम्मको परिणामअनुसार एमालेले १६३ पालिकाको प्रमुख जितेको छ । एमालेले अझै पनि ३६ पालिकामा अग्रता लिइरहेको छ ।

त्यस्तै, एमालेले प्रमुख भन्दा धेरै उपप्रमुख जितेको छ । एमालेले हालसम्म १७३ उपप्रमुख जितेको छ भने ६२ पालिकामा उपप्रमुखमा भइरहेको मतगणनामा अग्रता लिइरहेको छ ।

०७४ मा भएको निर्वाचनकै हैसियतमा अहिले नेकपा (माओवादी केन्द्र) पुगेको छ । मतगणना सम्पन्न भएका ५६७ पालिकामध्ये माओवादी केन्द्रले १०५ पालिका जितेको छ । केन्द्रले भरतपुर महानगरसहित १३ पालिकामा अग्रता लिइरहेको छ ।

केन्द्रले प्रमुखभन्दा धेरै उपप्रमुख जितेको छ । हालसम्मको परिणामअनुसार माओवादी केन्द्रले १११ उपप्रमुखमा जित हात पारिसकेको छ । त्यस्तै, १५ उपप्रमुखमा अग्रता लिइरहेको छ ।

मधेश केन्द्रीत जनता समाजवादी पार्टीले मधेश क्षेत्रका राम्रै नतिजा ल्याएको छ । तत्कालिन संघीय समाजवादी फोरमको रुपमा ०७४ मा ल्याएको नतिजाभन्दा जसपाले यसपटक केही पालिकामा थप्ने देखिएको छ । पछिल्लो परिणामअनुसार जसपाले १५ पालिका जितेको छ भने वीरगञ्ज महानगरसहित १८ पालिकामा अग्रता लिइरहेको छ ।

जसपाले १५ पालिकाको उपप्रमुख पनि जितेको छ । यस्तै १३ पालिकाको उपप्रमुखमा जसपाको अग्रता कायमै देखिन्छ ।

यता, एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले हालसम्म १२ पालिका जितेको छ । एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरसहित विभिन्न ७ पालिकामा अग्रता लिइरहेको छ ।

एकीकृत प्रमुखभन्दा उपप्रमुख धेरै जितेको छ । हालसम्म १८ उपमा जित हात पारेको समाजवादीले ३ पालिकामा जारी मतगणनामा अग्रता लिइरहेको छ ।

यता, जसपाबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) हालसम्म १ पालिका जितेको छ भने ११ पालिकामा अग्रता लिइरहेको छ । स्वतन्त्रसहित अन्य विभिन्न दलले हालसम्म १९ पालिकाको प्रमुख जितेका छन् भने १३ पालिकामा अग्रता लिइरहेका देखिन्छन् ।

हाल काठमाडौं महानगरसहित ३ उपमहानगर (धनगढी, धरान र जनकपुर)मा स्वतन्त्रले अग्रता लिइरहेका छन् । काठमाडौं र धनगढीका स्वतन्त्र उम्मेदवारले झण्डै दोब्बरले अग्रता लिइरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा