back

बडिगाड गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसको थापा निर्वाचित

वि.सं.२०७९ जेठ ५ बिहीवार

123 

shares
NTC AD
Global IME AD

गलकोट । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएकी छिन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएकी हुन् ।

थापाले सात हजार २७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजनकुमार पाइजाले पाँच हजार ७०० मत प्राप्त गरे । पराजित राजनकुमार गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि थापा पाइजाको प्रतिस्पर्धी चिए । ५९२ मतले मेहरसिंह पाइजासँग पराजय भएका थापा अहिले उनकै छोरालाई पराजित गर्दै विजयी भएकी हुन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् ।

वनले सात हजार १०३ मत प्राप्त गर्दा एमालेका मीनाकुमारी रायमाझीले पाँच हजार ७२७ मत प्राप्त गरेकी छिन् । १० वडा रहेको बडिगाडमा एमालेले ३, कांग्रेसले ३, नेकपा (माओवादी केन्द्र)ले २ र राष्ट्रिय जनमोर्चाले एक स्थानमा विजय प्राप्त गरेका छन् ।

वडा नं १ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा ६८३ मत, २ मा एमालेका ढालप्रसाद शेरचन ६८० मत, ३ मा एमालेका खड्कबहादुर पुन ६८९ र वडा नं ४ मा माओवादी केन्द्र)का मिलन रेश्मी ९७२ मतले विजयी भएका छन् ।

यस्तै वडा नं ५ मा एमालेका विष्णुप्रसाद आचार्यले, ६ मा कांग्रेसका वीरबहादुर केसी ५३२ मत, ७ मा कांग्रेसका दीपेन्द्र केसी ७६९ मत, ८ मा एमालेका यामबहादुर श्रीष थापा ६८९ मत, ९ मा नेपाली कांग्रेसका कृष्णबहादुर केसी ६६५ र वडा नं १० मा माओवादीका वीरेन्द्रकुमार बुढा मगर ७७४ मतले विजयी भएका छन् ।

वि.सं.२०७९ जेठ ५ बिहीवार १२:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...