जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् ।
नगरपालिकाको मेयरमा जसपाका दिनेशप्रसाद यादव विजयी भएका छन् । यादव ५ हजार ७४३ मत प्राप्त गर्दै विजयी भएका हुन् । शाहका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुधिरकुमार गोइतले ४ हजार १०५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसकी उम्मेदवार सुनिताकुमारी सिंह विजयी भएकी छन् । सिंहले ४ हजार ९३१ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी जसपाकी उम्मेदवार लक्ष्मिनियाकुमारी मण्डलले ४ ७९१ मत प्राप्त गरेकी छन् ।