Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै



काठमाडाैँ । युगान्डाविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले आज युगान्डालाई पराजित गदै सिरिजमा पहिलो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदै छ ।

पाँच खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा २–० ले अघि रहेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ एघारमा कप्तान रुबिना क्षेत्री, ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, रोमा थापा, सरिता मगर, कविता जोशी, सङ्गीता राई, सबनम राई, डली भटू र विन्दु रावल रहेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा