
नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनबाट इन्द प्रसाद्र शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको विशेष आतिथ्यतामा बार्सिलोनास्थित हिमाली रेष्टुरेण्टमा १२ मार्चका दिन सम्पन्न उक्त अधिबेशनले उपाध्यक्षमा रामबाबु सापकोटा र विदुर गौतम, महामन्त्रीमा रामप्रसाद सापकोटा (बिराज), सहमहामन्त्रीमा रामु चालिसे, कोषाध्यक्षमा सुस्मिता कंडेल लगायत निर्वाचित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शर्माले हार र जित भन्दा पनि स्पेनमा रहेका नेपाली समाज र देशप्रति केही गर्नका लागि जिम्मेवारी थपिएको महसुस गरेको बताउँदै स्पेनमा रहेका समपूर्ण नेपाली संघ संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई संस्थापक अध्यक्ष चिन्तामणि सापकोटाले आइतबार नै प्रमाणपत्र तथा पदभार ग्रहरण गराउनु भएको थियो ।