Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सिर्जना सिंह भन्छिन् – वडा तहमा हामी जितिरहेका छौं, अझै जित्ने आशा छ



काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन् ।

“कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,” सिर्जनाले भनिन् ।

अहिले मतपरिणामलाई आफूले सहज रूपमा लिइरहेको भन्दै मतगणना अझै बाँकी रहेकाले अहिले मत परिणामबारे बोल्दा हतार हुने उनले बताइन् ।

“मैले सहज रूपमै लिएकी छु । मैले एक भोटको पनि सम्मान गर्छु । त्यो विषयमा मैले ध्यान दिएकी छैन । सबै परिणाम आइसकेपछि बोल्छु”, उनले भनिन्, “अहिले नै मतपरिणामबारे बोल्दा हतार हुन्छ । सकिसकेको वडाहरूमा यो भन्दा राम्रो हुनुपथ्र्यो भन्ने हो । सोचेको भन्दा कहीँ नराम्रो पनि भएको छ कहीँ राम्रो पनि भएको छ ।”

स्वतन्त्र उम्मेदवारले के कारणले बढी मत पाइरहेका छन् भन्ने विषयमा अहिले नै बोल्दा हतार हुने उनले बताइन् । अझै पनि मतगणना बाँकी नै रहेकाले जितबारे अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा छन् । दोस्रो स्थानमा एमालेका केशव स्थापित र तेस्रो स्थानमा सिर्जना छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा