back

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी

वि.सं.२०७९ जेठ ६ शुक्रवार

216 

shares
NTC AD
Global IME AD

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले पराजित गरेका हुन् । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५९८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राई विजयी भएका छन् । उनले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी भएका हुन् । ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु घर्तीमगरले १० हजार १३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकामा कूल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो । उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो । २३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, कांग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ ।

बाँकेमा हालसम्म तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । दुई गाउँपालिकामा कांग्रेस र एउटामा गठबन्धनका उम्मेदवार निर्वाचित भएको छ ।

वि.सं.२०७९ जेठ ६ शुक्रवार ११:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...