Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

अन्तरजातीय विवाह गर्ने तीन जोडी सम्मानित



चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका-११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर-१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर-२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीले छुवाछूतको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताइन् । उनले भनिन्, “समाजमा रहेको जातीय विभेद हटाउन घर, टोलबाटै अभियान सुरु गर्नुपर्छ ।” समाजमा रहेको कुरीति अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने उनको भनाइ थियो ।

महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई सम्मान गरेको थियो ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा