Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

ओलीको गृहनगर दमकमा हार्‍याे एमाले



काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाकाे दमक नगरपालिकामा एमाले हारेकाे छ । दमकमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् ।

उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् । थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए ।

थापा १७ हजार ५२५ मतका साथ विजयी भए । उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरे । निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् ।

उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले जितेकी छन् । उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए । गठबन्धनमा सामेल माओवादीलाई भने घाटा भएको छ । पाएको चारवटै वडामा माओवादी पराजित भयो ।

एमालेले वडामा भने वर्चश्व कायम गरेको छ । दशमध्ये सातवटा वडा एमालेले जितेको छ । कांग्रेसले दुई र राप्रपाले एउटा वडा जितेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा