back

आइएमई पेको नयाँ योजना, आइएमई पेबाट हवाई टिकट बुक गर्दा सुनको सिक्का

वि.सं.२०७९ जेठ ६ शुक्रवार

150 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको जनाइएको छ ।

यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्ने आइएमई पेले जनाएको छ ।

हवाई यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्ने भएकाले यात्रुहरुलाई हवाईयात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको जनाएको छ ।

आइएमई पेका अनुसार यस योजनालाई संचालन गर्नका लागि कम्पनीले केहि निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । जस अनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् ।

यसैगरी, आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट, हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का र हरेक १५ दिनमा १ भाग्यशाली बिजेताले १ सुनको सिक्का बम्पर उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ जेठ ६ शुक्रवार १४:४६ मा प्रकाशित

NABIL bank AD
डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको...

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ त कारोबार ?

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको...

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

फिक्कल (इलाम) । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको...

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आलु खेतीतर्फ किसानलाई आकिर्षत गर्न क्षेत्र विस्तार गर्दै कृषि ज्ञान केन्द्र

आलु खेतीतर्फ किसानलाई आकिर्षत गर्न क्षेत्र विस्तार गर्दै कृषि ज्ञान केन्द्र

ढोरपाटन (बागलुङ) । जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु...