
काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८७४ नमुना परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका ११ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९४५ पुगेको छ ।
त्यसैगरी आज निको भएका १२ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ९५० जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।
त्यस्तै हाल १४९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबैजना होम आइसोलेशनमा रहेका छन् । हाल आइसीयु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शून्य रहेको छ ।