Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

बेथानचोको अध्यक्षमा कांग्रेसका अधिकारी विजयी



बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएका हुन ।

अध्यक्ष अधिकारी छ हजार १९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडामा क्रमशः वडा नं १ मा कांग्रेसका मधुसुधन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा निर्वाचित भएका छन् । यस्तै वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा, ६ मा कांग्रेसका विष्णु तामाङले जित हासिल गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा