Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

धादिङमा पहिलोबाट तेस्रोमा झर्‍यो एमाले, गुमायो ६ पालिका



काठमाडौं । २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा धादिङमा ८ पालिका जित्दै एमाले पहिलो पार्टी बनेको थियो । एमालेले ८ पालिका जित्दा कांग्रेसले ३ र माओवादी केन्द्रले १ र राप्रपाले १ पालिका जितेका थिए । तर, ५ वर्षको अवधिमै धादिङमा पहिलो पार्टीबाट एमाले तेस्रो, त्यो पनि निकै थोरै संख्यामा सिमित भएको छ ।

एमालेले निकै सकसका साथ थाक्रे र गल्छी गाउँपालिकाको नेतृत्व हात पारेको छ । गल्छीमा एमालेका उम्मेदवार केदारनाथ खतिवडाले जम्मा २ सय ५२ मतले एकीकृत समाजवादीका उम्मेदवार कृष्णहरि श्रेष्ठलाई हराएका छन् ।

०७४ मा ३ हजार बढी मतले जितेको थाक्रेमा पनि एमालेले थोरै मतले जित हात पारेको छ । एमाले धादिङको ३ पालिकामा दोस्रो प्रतिस्पर्धीसमेत बन्न सकेको देखिएन ।

पार्टी विभाजनले ठूलो घाटा

धादिङमा एमाले विभाजनको असर निकै बलियो गरि देखिएको छ । धुनिबेसी गाउँपालिकामा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीका उम्मेदवारले एमालेलाई हराउँदै जित हात पारेका छन् । गल्छी गाउँपालिकामा पनि एमाले र एकीकृत समाजवादीबीचमै प्रतिस्पर्धा देखिएको छ ।

एकीकृत समाजवादीले एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा गरेर तीन पालिकाको उपप्रमुख जितेका छन् । ज्वालामुखी गाउँपालिका, बेनीघाटरोराङ गाउँपालिका र सिद्धलेख गाउँपालिकामा एसका उम्मेदवारले एमालेका उम्मेदारलाई हराएका छन् ।

६ पालिका गुमायो एमालेले

दोस्रो कार्यकालका लागि धादिङका पालिकाहरुमा भएको प्रतिस्पर्धामा कांग्रेसले ७, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले १ पालिका जितेका छन् । उपप्रमुख तर्फ कांग्रेसले ५, माओवादीले ५ र एकीकृत समाजवादीले ३ जितेका छन् । एमालेले भने कुनै पनि पालिकामा उपप्रमुख जित्न सकेन ।

एमालेले ०७४ मा जितेका गंगाजमुना गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, धुनीबेशी गाउँपालिका, नेत्रावती गाउँपालिका र सिद्धलेक गाउँपालिका गुमाएको छ । एमालेसँग निकै सकसका साथ गल्छी र थाक्रे गाउँपालिका मात्रै बाँकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा