Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

किन सम्हाल्न खोज्दैनन् महिलाले सयुंक्त परिवार ?



राजन पराजुली, चितवन  । एउटा परिवार तब पुरा हुन्छ जब उक्त घरमा महिला रहन्छिन । महिला बिनाको घर कल्पना गर्न सकिदैन । तर यीनै महिलाहरूले सयुंक्त घर चलाउन किन खोज्दैनन् ! मेरा मनभित्र यस्ता अनेकौँ प्रश्न उब्जी रहन्छन । मेरी प्रेमिका (नाम चाई नभनौँ) जब उनि मेरो अंगालोमा बाधिन पुग्छिन् तब उनिभित्र छुट्टै संसारको परिकल्पना हाबी भै हाल्छ । ‘तिमी, म र हाम्रो बच्चा अनि हाम्रो छुट्टै सुन्दर परिवार ।’ मेरा कपालका रौँहरू सुम्सुमाउदै उनले बोल्ने बाक्य हुन् यी । उनको त्यो सुन्दर परिवारभित्र मेरा आमा बुबा अटाएनन् । मेरा भाई बहिनी प्रवेश गर्न नै सकेनन् । मेरो प्रेमिकाभित्र सबैलाई समेटेर सयुंक्त परिवार बनाउने खुबी नभएको नै हो त ? कि हाम्रो समाजमा विवाहपछि अर्थात घरमा कन्या भित्रिएपछी तँ तँ र म म को सम्बोधन हुन साथ छुट्टिने पाठ हरेक युवतीले पहिल्यै पढिसकेका हुन्छन !
‘उँ हेर दुई परेवाको जोडी, उँ हेर दुई भगेराको जोडी, उँ हेर दुई कोईलीको जोडी अब यी दुई जोडी मिलेर एक सुन्दर आफ्नो छुट्टै परिवार बनाउने छन् ।’ उनले आफ्ना औलाहरूले पर–पर देखाउदै बक–बक गरि रहन्छिन । म प्रेमिकाको अंगालोमा कस्सिएर यो सोच्दै छु ‘जनावरसँग मान्छेलाई जोड्नु हुदैन । एउटा परिवार तब बन्छ जहाँ आमाबाले सुखद समय सँग आफ्नो जीवन बिताउन पाएका हुन्छन ।’ म चाहान्छु मेरो प्रेमिकाले सयुंक्त परिवारको कल्पना गरोस् । जहाँ उ र म होईन हामी र हाम्रो आमाबा सहितको परिवार होस् । परिवारभित्र झै–झगडा त भै रहन्छन तर त्यो झगडालाई मिलाएर अगाडी बड्न सकोस । मेरी प्रेमिका भित्र उ र म मात्र भएको परिवार कल्पना गर्ने शक्ति हराओस । उसलाई म सयुंक्त परिवारको कल्पना गरि रहेको हेर्न चाहान्छु । उसभित्र अन्य नारीहरूको झै आमाबा बिनाको छुट्टै संसार देख्ने सपना नआईदियोस । महिलाले सयुंक्त परिवार चलाउन सक्दैनन् भन्ने दाग उ भित्र नछापियोस ।

सात आठ छोराछोरी दुई आमाबाले सजिलै पाल्न हुर्काउन सक्छन तर ती सात आठ छोराछोरीले दुई आमाबालाई आफ्नो परिवारभित्र समावेश गर्न किन सक्दैनन् ? हाम्रा हजुरआमा, आमाहरूले परिवार जसरी चलाउन खोज्थे आजका छोरी बुहारीले उस्तै चलाउन किन सक्दैनन् ? सानो सानो निउँमा परिवारभित्र कलह गराउन माहिर किन हुन्छन केही बुहारीहरू । आफुलाई भन्दा धेरै माया दिएर हुर्काएको सन्तानले पत्नी पाउने बितिकै आमाबा बाट टाढा रहन कसरी सक्छ ? उसले पत्नीलाई सयुंक्त परिवार समाल्न किन भन्दैन ? पत्नी सबथोक आमाबा घाडो उसलाई किन लाग्छ ? तीन छोरा मस्त सँग मिलेर बसिरहेको परिवारभित्र जब एउटा बुहारी भित्रिन्छे पहिला भन्दा त्यो परिवार भिन्न अबस्थामा पुगि सक्छ ! दोस्रो बुहारी भित्रिने वितिकै परिवारभित्र फाटो आउन थाल्छ । र तेस्रो भित्रिए पछी परिवार परिवार रहदैन । तीन तिरबाट परिवारको डोरी तानिन्छ । बिचमा रहन्छन आमाबा ।

परिवार भित्र एउटा बुहारीले यो सोच्दिनन् कि हामी सबै मिलेर परिवारलाई मजबुत बनाउनु पर्छ । आमाबा सहित परिवारलाई सुन्दर बनाउनु पर्छ । सबै बुहारीको सोच एउटै रहन्छ छिटो भन्दा छिटो परिवारलाई टुक्राउनु पर्छ । सयुंक्त परिवारसँगको सम्बन्धलाई तोड्नु पर्छ । अझ बलेको आगोमा घिउ थप्ने काम छरछिमेकीको रहन्छ । तीनैवटी बुहारीलाई घिउ थपी थपी आगो दन्काई दिने । छोराहरू मौन रहन्छन । बुहारीका कारण पनि हिजोसम्म मिठो सम्बन्धमा बाधिएका दाजुभाइ बिच तँ तँ र म म भन्दै बोलचाल नै बन्द हुने स्थिति आउँछ । परिवारलाई मिलाउन भन्दा पनि तोड्न पाउँदा खुसी मिल्छ होला झै लाउछ बुहारी लाई त । हरेक परिवारमा बुहारी नै छुच्चो हुने आखिर किन ? उनिहरू भित्र सासुससुरा अनि देवर, नन्दलाई मिलाएर संयुक्त परिवारको परिकल्पना गर्ने आट किन आउदैन ? बिबाह गरेर भित्रिएको केहि दिनमा नै मिलेर बसि रहेको सयुंक्त परिवारलाई सिसा फुटाए झै फुटाउने सोच कताबाट आउछ ? आमाबालाई भगवान मानेको छोरोलाई अनेकौ जालमा फसाएर आमाबा माथी घृणा पैदा गराई दिने शक्ति बुहारीमा कसरी प्राप्त हुन्छ ? हरेक बुहारीले सयुंक्त परिवार समाल्न नै नसक्ने हुन त ? मिठो खान र राम्रो लगाउने निहुँमा केहि बुहारीहरू सयुंक्त परिवारको फन्दाबाट अलग हुन हतार गर्छन । केहि भने सयुंक्त परिवारलाई बोझ सम्झिएर टाढिन्छन् । केहि बुहारीहरू चाई सासु–ससुरा, देवर, नन्दलाई आफ्नो कब्जाबाट फुस्काउन सयुंक्त परिवारविरुद्ध आवाज उठाएर भिन्न हुन्छन । धेरै बुहारीमा अहमले जडो गाडेको हुन्छ । त्यस्ता पनि सयुंक्त परिवारमा अडिक रहन सक्दैनन् । समाजको कुरो बढी सुन्ने बुहारीले पनि सयुंक्त परिवारबाट छिटो हात झिक्छन् ।

परिवार तोडेर छुट्टै बस्दा छिटो सम्पन्न भइन्छ । आफुले चाहेको हर चिज गर्न सकिन्छ । आफ्नो ईच्छा अनुसार खान र चल्न सकिन्छ । कसैको अधिनमा बस्नु पर्दैन । केहि महिलाहरूको सोच यस्तै रहन्छ । आफ्नो लोग्नेले कमाएको रूपैँया अरू परिवारका सदस्य लाई किन दिनु ? यो समेत सोच्ने कयौँ हुन्छन ।

आमाबाको काखमा लडिबडी गर्दै, श्रीमतीसँग मस्किदै, दाइ, भाइ, बहिनीसँग जिस्किदै गर्दाको आनन्द सयुंक्त परिवारमा हुन्छ भन्ने सोच म मेरी प्रेमिकालाई बुझाउन चाहान्छु । उसभित्र सयुंक्त परिवारलाई लिएर उब्जिएका घृणाहरूलाई मेटाउन चाहान्छु । आमा बा शब्द उच्चारणमा नै स्वर्गीय आनन्दको अनुभूति गर्न सकिन्छ भन्ने सोच उस भित्र पार्न चाहान्छु । जब कुनै महिलाले सयुंक्त परिवारको कल्पना गर्छिन् तब उनलाई उक्त कल्पना बिफल पार्नका लागि गाउँका छर छिमेकी समेत लागेको पाइन्छ । आफ्नै ठानिएकाबाट पनि सयुंक्त परिवारविरूद्ध उसलाई अनेकौँ कुराले तोडमोड पारिदिन्छन् ।

प्रेमिकाले मेरो टाउकोलाई आफ्नो काखभित्र च्याप्दै परिवारको कल्पना गरिरहेकी छन । आमाको काखमा च्यापिदै हुर्कीएको म भोली प्रेमिकालाई श्रीमती बनाई सकेपछी त्यही आमालाई उसले आफ्नो परिवारभित्र राख्दिन, मलाई थाहा छ । उसभित्र पनि समाजको कू गडेको छ । उसलाई पनि यही समाजले पाठ सिकाउने छ । सासुलाई के गर्ने ? ससुरालाई के गर्ने ? जेठाजु, देवर, नन्द कसलाई कस्तो व्यवहार गर्ने सबै समाजमा रहेका अन्य बुहारीले पाठ सिकाउने छन् उसलाई पनि । उसले पनि सक्दिन सयुंक्त परिवार चलाउन । परिवार तोडेर छुट्टै बस्ने सपना देख्नेछ । सिसा नै सिसाले बनेको हुन्छ परिवार कसैले सानो ढुङ्गा हान्यो भने फुटि हाल्छ ।

‘सुनन् तिम्रो परिवारभित्र मलाई कहिले लैजाने हो ?’ मुसुक्क हाँसोको साथ भन्छे ऊ । मेरो परिवार सहजै स्वीकार्ने उसले बिहे अगाडि मात्र हो । तिम्रो परिवारभित्र कहिले लैजाने हो उसले भनेकी छे । जब उसलाई मैले मेरो परिवारभित्र भित्राउँछु तब उसले आफ्नो परिवारभित्र मलाई मात्र राख्ने छे । मेरो परिवारलाई उसको परिवार भित्र समावेश गर्ने छैन ।

‘कता हरायौँ ?’

‘हँ छैन हराएको ।’ म मुसुक्क हास्छु ।

म चाहान्छु मेरी प्रेमिकाले हिम्मत बटुलोस । उसको परिवारभित्र मेरा आमाबाले स्थान पाउन । उसले आफ्नो आमाबाको माया मेरा आमाबाबाट पाओस् । आमाबा सँगसँगै रहेर श्रीमती दाइ–भाइ भाउजु बुहारी सबैसँग रमाईलो गर्दै परिवार चलाउदाको मज्जा उसले महसूस गरोस् । सयुंक्त परिवार चलाउने हिम्मत नहारोस् । आमाबा जिउदो रहुन्जेल उहाहरूको आँखामा उसले आँशु नदियोस् । जति मज्जा सयुंक्त परिवारमा छ त्यति मज्जा बुढाबुढीको मात्र परिवारमा छैन भन्ने महसूस उसले गरोस् । उसलाई देखाउन सकुँ पल्ला घरे आमाबाले उसको बुहारीबाट पाएको सुख ।

परिवार तोडेर छुट्टै बस्दा छिटो सम्पन्न भइन्छ । आफुले चाहेको हर चिज गर्न सकिन्छ । आफ्नो ईच्छा अनुसार खान र चल्न सकिन्छ । कसैको अधिनमा बस्नु पर्दैन । केहि महिलाहरूको सोच यस्तै रहन्छ । आफ्नो लोग्नेले कमाएको रूपैँया अरू परिवारका सदस्य लाई किन दिनु ? यो समेत सोच्ने कयौँ हुन्छन । हाम्रै छिमेकी काकाको घरमा अस्तीसम्म राम्रोसँग मिलेका परिवार थिए । हिजो घरमा भित्रिएकी नारी पात्रले उक्त परिवारभित्र नै पानी बाराबार गराइदिइन् । मलाई अचम्म लाग्छ, कस्तो शक्ति बोकेर परिवार भित्र प्रवेश गर्छन नारी । परिवार भित्र सबैभन्दा धेरै कमाउने छोरो छ भने उसको पत्नीले परिवारबाट छिटै अलग हुने परिकल्पना गरि हाल्छे । उसले सासु ससुरालाई आफ्नो परिवारभित्र समावेश नगरि अलग हुन्छे । उसलाई सयुंक्त परिवार मन पर्दैन कारण आफ्नो लोग्नेले धेरैँ कमाएको छ । पैसाकै कारण पनि महिलाभित्र ठूलो अहम उत्पन्द भएको पाइन्छ । परिवारभित्र फाटो ल्याउने काम पैसाले गर्छ । आफ्नो सासुससुराबाट टाढा रहेर आफ्नो लोग्ने अनि बालबच्चा सहितको परिवारमा रमाउने हरेक महिलाको सोचाईले नै सयुंक्त परिवार दिगो रुपमा अगाडि बढ्न सक्तैन ।
‘तिम्रो परिवारभित्र कहिले लैजाने हो के ?’ यसपटक भने उँ चर्को स्वरले चिच्याउछे ।
‘लैजाने हो के केहि समय पख ।’ मैले शान्त स्वरमा भन्छु……।।।।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा