
हरि प्रसाद घिमिरे
सिरान्चोक ३, गोरखा गण्डकी प्रदेश
आगो उड्छ हिमालमा शिखरमा हावा चलाए पछि
पोल्ने ताप दिने प्रचण्ड नभको श्री शक्ति पाए पछि
माग्लान् रोज लिने दिने बखतमा वैसाखमा प्याउली
रोएको कसले सुनेर रहलान् रुन्छ्न् सधैँ न्याउली
के हो धर्म अधर्म के फरक भो हावा बनी उँड्दछन्
आत्मामा अबिराम शीतल हुने आस्था कली चुँड्दछ्न्
छोटो जीवनमा सधैँ पवन झैँ विश्रामको आश छ
ढुङा खस्छ पहाडबाट जहिले ओडारको बास छ
गद्दीमा बस हाँस आर्त जनको उत्साहमा धार छ
हारेको नबुझे भयो मनमनै यस्तै त संसार छ
धोको पुग्छ झरेर तोय भवमा भिज्दै सुकेको छ र
ढुङो फुट्छ चरक्क फाट्छ सजिलै हेर्छन् सबै हण्डर
माटो गर्छ घमण्ड पत्थरहरू फुट्दै यता आउँछौ
गल्छौँ मात्र नठान है फुलहरू आजन्म चम्काउँछौ
जे छन् औषधका बुटी जहर झैं ट¥रो र तीतो पन
हाँसेरै दिन बित्दछन् गगनका सुन्दै सधैँ रोदन