
डा. सूरज निरौला
वी.पी.को.स्वा.वि.प्र., धरान
निद्रामा उसको सपना टुट्यो,
खुसिको ढोका घरक्क खुल्यो ।
अघाडि मृत्यु हाँसिरहेको देख्यो,
दोधारमा बसेर,
फर्केर पछाडि हेर्यो ।
उसको जिन्दगी रोइरहेको थियो ।
सँघारमा उभिएर सोचिरहेको थियो,
जिन्दगीलाई किन हँसाउन सकेन ।
थाह छ त, दिन पछि रात अनि
रात पछि दिन आउछ ।
मध्यरातमा किन दिन खोज्नु ।
आउन त इच्छाएका होइनौ नी,
रुदै आएका थियौ,
जानलाई किन डराउनु ।
जादा फेरि किन रुनु ।
जति सोचे पनि
हरदिन सोचाइ मै घटाउदैछौ ।
मात्र दुई दिन बाँच्ने जिन्दगीमा
रमाएर किन नबाँच्नु ।
थाह छ त,
कति रोदन र पीडा लुकाएर
भित्र भित्रै आफु सुकाएर
बाहिर हाँसो देखाउदै छन् ।
अरुको देखेर आफु किन जल्नु
अचम्म !
अरु जल्दा आफु किन रमाउनु ।